आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपाकै केन्द्रीय सदस्य सुराकीमा ?

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ३८१ पाठक संख्या

काठमाडौं  , पुष १२ :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक निकै लामो समयपछि बुधबार बस्यो तर अध्यक्ष मण्डलका एकजना सदस्यले बैठक बहिष्कार गरे ।

यद्यपि उनको बहिष्कारले भने बैठक रोकिएन । पाँच जना अध्यक्षहरु महन्थ ठाकुर बस्ने कोठामा बैठक बसिरहँदा राजपा नेपालका एकजनाले अध्यक्ष मण्डलको बन्द बैठक कोठा बाहिर कान थापेर कुरा सुन्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । स्रोतका अनुसार फोटोमा कान थापेर सुनिरहेका व्यक्ति मुरली सिंह हुन् । यिनी राजपाका केन्द्रीय सदस्य हुन् । पहिले हृयदेश त्रिपाठीसँग नजिक थिए, पार्टीभित्र अहिले कुन खेमाका समर्थक हुन यकिन छैन ।

राजेन्द्र महतो पार्टी अध्यक्ष मण्डलको संयोजक बनेको १ महिना ७ दिनपछि बुधबार पहिलो पटक बैठक बसेको हो । पार्टी संयोजक परिवर्तनपछि बुधबार पहिलो पटक ६ अध्यक्ष पार्टी केन्द्रीय कार्यालय पुगे ।

भित्र चलिरहेको बैठक

किन र कसका लागि आफनै पार्टीका केन्द्रीय सदस्यले सुराकी गरिण्रहेका छन् । पार्टीसम्बद्ध नेताहरु सँग सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस