आज:  २०८१ अषाढ ४, सोमबार | Mon, 17, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छतबाट खसेर मृत्यु

AuthorAP Khabar २०७५ पौष १२, बिहिबार ( ५ साल अघि) ३७५ पाठक संख्या

विराटनगर  , पुष १२ :  घरको छतमा बसेर घाम ताप्ने क्रममा लडेर शंकरपुरकी एक जना युवतीको ज्यान गएको छ । शंकरपुर निवासी २२ वर्षीया उषा गौतम घाम ताप्ने क्रममा हिजो अचानक छतबाट खसेर मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएकी गौतमको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको हो । मृतक गौतम विराटनगरस्थित मेरील्याण्ड कलेजमा बिबिए अध्यनरत थिईन । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस