आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ल्होसारमा सार्वजनिक विदा

AuthorAP Khabar २०७५ पौष १२, बिहिबार ( ५ साल अघि) १०१० पाठक संख्या

काठमाडौं  , पुष १२ :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमू समुदायहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ ।

मुख्य मन्त्री गुरुङले तमू समुदायहरुको चाड ल्होसारको अवसरमा प्रदेश–४मा सार्वजनिक विदाको घोषणा गर्नुभएको हो । संघीय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमूसमुदायहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले विदा दिने बताउनुभयो ।

उहाँले प्रदेश मन्त्रीपरिषदबाट निर्णय गरी विदा सार्वजनिक गर्ने बताउनुभयो । तर विगत वर्षहरुमा दिंदै आएको चाडपर्वहरु तमू ल्होछार, ग्याल्पो ल्होछार, सोनाम ल्होसार, उद्यौली, उभौंली जस्ता पर्वविदा कटौटी गरेको छ । संघीय सरकारले सार्वजनिक विदा कटौती गरेको भन्दै विभिन्न जातिय संघसंस्था विदा पुर्नावलोकनका लागि ध्यान आकर्षण गराउ‘दै आइरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस