आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईलाका प्रशासन कार्यालय पर्साको सुपौलियामा स्थापना

AuthorAP Khabar २०७५ पौष १२, बिहिबार ( ५ साल अघि) ५५८ पाठक संख्या

 पोखरिया  , पुष १२ :  पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगर्त रहेको जिराभवानी गाउँपालिकामा ईलाका प्रसाशन कार्यलयको स्थापना गरिएको छ । ४ वटा गाउँपालिकालाई पायक पर्ने गरी पर्साको जिराभवानी गाँउपालिकाको वडा नम्बर ४ को सुपौलिमा ईलाक प्रसाशन कार्यलयको स्थापना गरिएको हो । प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले बुधबार एक समारोहका बिच कार्यालयको उद्घाटन गरेको हो ।

 

उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भटराईले ईलाकाको जनताहरुलाई छिटो र छरितो सहज रुपमा नागरिकता प्रदान गर्न आफना मातहतका कर्मचारीहरु निर्देशन दिए । यस क्षेत्रको जनताले नागरीकता लिनुपर्दा जिल्लाको सदरमुकाम बिरगंज गएर दिनभरी समय बिताउनुपर्ने हुँदा अब आफ्नै ठाउँमा सहज रुपमा नागरिकता प्रदान गर्न सकिने जानकारी दिए ।

 

जिराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतोको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद जयप्रकाश थारु, सशस्त्र प्रहरी उपरिक्षक प्रेमधव्ज साह, अनुसंधानका डिएसपी रामबाबु चौधरी, पटेर्वसगौली गाउँपालिका प्रमुख हरिनारायण चौधरी, जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ, ईलाका प्रसाशन जिराभवानी गाउँपालिका उपप्रमुख उषा चौधरी, वडा अध्यक्ष उमेस सिंह, नुमान मिया, महादेव महतो, सुबास चौधरी, भोला चौचरी, राधेश्यम चौधरी लगायतको सहभागीता रहेको थियोे ।

 

ईलाका प्रसाशन कार्यलय सुपौलिका प्रमुख उज्जवल बस्नेतको नेतृत्वमा नायब सुबा अनुज बस्नेत, खरिदार पवन पाण्डे र कार्यालय सहयोगी गरी चार जना कार्यालयमा कार्यरत रहेको छ । कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर ४ का कृति श्रेष्ठ, जिराभवानी गाउँपालिकाको वडा नम्बर ४ का नागज्योति कुमारी गरी ३ जनालाई नागरिकता पनि बितरण गरिएको थियो ।

 

ईलाका प्रसाशन कार्यलयको स्थापना भएपछि नागरिकता बनाउन र लिन विरगंज सम्म धाउनुपर्ने बाध्यता हटेको भन्दै स्थानीय हर्षित भएका छन् । ईलाका प्रसाशन कार्यालय सुपौलीमा स्थापना हुँना साथ जिराभवानी, जगरनाथपुर, ठोरी र पटेर्वा सुगौली गाउँपालिकाको ६० हजार भन्दा बढी जनताहरुले प्रत्यक्ष लाभ लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस