आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैयामा शिक्षकको कुटाईबाट छात्रको मृत्यु

AuthorAP Khabar २०७५ पौष १२, बिहिबार ( ५ साल अघि) ५२१ पाठक संख्या

बारा  , पुष १२ : शिक्षकको कुटपिटपछि सात कक्षामा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् ।

कलैया उपमहानगरपालिका १ स्थित नमुना निमाविमा अध्ययनरत पर्साका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारको क्रममा मृत्यु भएको हो ।
शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनको सहपाठीले बताएका छन् ।

घर पुगेको केही घण्टामै कलैया अस्पताल पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र यादवले जानकारी दिए । साथी मण्डलका अनुसार शिक्षकको कुटाइपछि अजय रुँदै विद्यालयबाट निस्केका थिए । घाँस काट्न गएकी आमा कोशिलाले घर फर्किँदा अजयलाई बेहोश अवस्थामा भेटेकी थिइन् ।

– कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस