आज:  २०८१ अषाढ ५, मंगलबार | Tue, 18, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२३ जना उपसचिवको सरुवा, को कहाँ ? (सूची)

AuthorAP Khabar २०७५ चैत्र २५, सोमबार ( ५ साल अघि) ४७९ पाठक संख्या

२५ चैत  गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सोमबार दिउँसो उनीहरुको सरुवा भएको हो ।

दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।

संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका जेलन थिए । हाल उनको ठाएँमा वेदप्रसाद अर्याललाई पठाइएको छ । केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस