आज:  २०८१ अषाढ ५, मंगलबार | Tue, 18, Jun, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ मा आज सार्वजनिक बिदा

AuthorAP Khabar २०७६ बैशाख २, सोमबार ( ५ साल अघि) ३१३ पाठक संख्या

 बैशाख २  प्रदेश २ सरकारले आज जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते सोमबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको हाे ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ ।

यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस