आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपनिर्वाचनपछि को बन्ला सभामुख ?

AuthorAP Khabar२०७६ मंसिर ९, सोमबार (४ साल अघि) ३९७ पाठक संख्या

मंसिर ०९ काठमाडौं

राजनीतिक दलबीच समझदारी नहँदा नयाँ सभामुख चयन अन्योलमा छ । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महरा सत्तारुढ दलबाट सभामुख थिए ।

उनले राजनीमा दिएपछि सो पदमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टुंगोमा पुगेको छैन ।

निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरुबीच सहमति पनि जुट्न सकेको छैन ।

निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरुबीच सहमति पनि जुट्न सकेको छैन् ।

नयाँ सभामुख कसलाई बनाउने भन्नेमा नेकपाले औपचारिक छलफल गरेको छैन । नेकपाभित्र सभामुखलाई प्याकेजमै टुंगो लगाउने कुरा उठेको थियो ।

मन्त्रिपरिषद् हेरफेरसँगै टुंगो लगाउने भनिएको यो विषयलाई अब उपनिर्वाचनपछि निष्कर्षमा पु¥याउने तयारी नेकपाभित्र भएको स्रोत बताउँछ ।

प्रधानमन्त्री केपी ओलीले सुवाचन्द्र नेम्बाङलाई सभामुख बनाउने चाहना राख्नुभएको छ । यस्तै सभामुखमा देवप्रसाद गुरुङ, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल र अग्नि सपाकोटाले इच्छा देखाएको स्रोत बताउँछ । नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस