आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढी र पहिरोको पूर्वतयारीमा जुट्न जसपा नेता संजीव यादवको आग्रह

AuthorAP Khabar २०७७ अषाढ २५, बिहिबार ( ४ साल अघि) १८५० पाठक संख्या

ओम प्रकाश यादव अषाढ २५ गते, रौतहट

जनता समाजवादी पार्टिका प्रभावशाली एवं युवा नेता संजीव कुमार यादवले बाढी र पहिरोको खतराबाट जोगिन सबैलाई सचेत गराएका छन् ।

तत्कालिन राजपा रौतहट क्षेत्र नं १ ख का क्षेत्रीय अध्यक्ष समेत रहेका नेता यादवले देशका विभिन्न जिल्लाहरुमा गएको बाढी पहिरोबाट भएको क्षतिबारे दुःख व्यक्त गर्दै सावधानी अपनाउन आम नागरिक र सरकारलाई अनुरोध गरेका छन् ।

नेता संजीव यादवले आगामी केही दिन अविरल वर्षा हुने बाढी पहिरो आउने सम्भावना उच्च रहेकोले आ(आफ्नो पूर्व तयारी गर्न आम नागरिकलाई अनुरोध समेत गरेका छन् ।

नेपालमा मनसुन वर्षा थप सक्रिय भईसकेकोले रौतहटमा पनि बाढी, पहिरो आउन सक्ने सम्भावना रहेकोले सबै जिल्लावासीलाई सचेत भएर बस्न आग्रह गरेका हुन ।

उनले गुल्मी, बझाङलगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको बताएका छन् ।

वेपत्ता र घरबारविहिन भई विचल्लीमा परेकाहरुका लागी तत्काल उद्दार तथा राहत कार्यमा जुट्न सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउदै सुरक्षा निकायसहित विपद व्यवस्थापनमा खटिने निकायलाई तयार रहन आग्रह गरेका छन् ।

अन्य जिल्लाहरुमा भएको डुबानका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनाप्रति गहिरो दुख, मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा यस प्राकृतिक प्रकोपबाट प्रभावित परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दै वेपत्ता र घरबारविहिन भई विचल्लीमा परेकाहरुका लागी तत्काल उद्दार तथा राहत कार्यमा जुट्न सम्बन्धित पक्षहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन ।

प्रतिक्रिया दिनुहोस