असार २६ काठमाडौं– लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहानसम्म सप्तकोसी ब्यारेज भएर २ लाख ७ हजार ७ सय १५ क्युसेक नाघ्ने अनुमान गरिएको छ ।
कोसी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको कोसी नियन्त्रण शाखाले जनाएको छ ।
सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहन आग्रह गरिएको छ ।
सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको हो ।
कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका छन् ।
प्रतिक्रिया दिनुहोस