आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्सा गठन

AuthorAP Khabar२०७७ अषाढ २६, शुक्रबार (३ साल अघि) २३३१ पाठक संख्या

पर्सा , असार २६
शुक्रबार नेपाल विश्व हिन्दु महासंघको जिल्ला कार्य समिती पर्सा गठन गरिएको छ । महासंघको राष्ट्रिय सचिव अभिषेक तिवारी को अध्यक्षता एवं केन्द्रिय संगठन बिभाग प्रमुख बिजय प्रकाश निषाद को प्रमुख आतिथ्य तथा प्रदेश २ का संयोजक बिशाल झा को बिशेष उपस्थितिमा बसेको बैठकले १३ सदस्यीय जिल्ला कार्य समिती गठन गरिएको छ ।

उक्त बैठकले श्रीनन्दन भारद्वाज को अध्यक्षतामा १३ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्सा गठन गरिएको छ ।

नवगठित कार्य समितीको उपाध्यक्षमा सुश्री ज्योति साह र सन्दीप साह, सचीवमा ओम प्रकाश उपाध्याय, सह सचिवमा बिशाल तिवारी र सदस्यहरुमा मन्टु कुमार साह, खोभारी पटेल, बिन्देश्वर गिरि, योगेन्द्र शर्मा, मनोज पासवान, राजेन्द्र साह, सुरज रौनियार तथा दिपेन्द्र चौधरी लाई चयन गरिएको छ ।

यस्तै उक्त बैठकले पर्सा जिल्लाका पुर्व अध्यक्ष राम अयोध्या महतो एव पुर्व महानगर अध्यक्ष आकास गुप्ता लाई प्रदेश २ को कार्य समितिमा सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस