आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विभिन्न पार्टि परित्याग गरी २५ जनाद्धारा एमालेमा प्रवेस

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन २९, शनिबार (१ साल अघि) १८६ पाठक संख्या

विभिन्न पार्टि परित्याग गरेर शनिवार २५ जनाले एमलेमा पार्टि प्रवेस गरेका छन् । शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको कुना टोलमा सम्पन्न कार्यकर्ता भेला कार्यक्रममा २५ जनाले एमालेमा पार्टि प्रवेस गरेको हो ।

 

पार्टि प्रवेस गर्नेमा संतोष कुमार गुप्ता, साहिद हवारी, सलमान शेख, विजय कुमार, अजय अलि, सायब आलम, नौजाय देवान, पपु मिया, फैयाज हवारी, प्रेम पटेल, लगाएत रहेका छन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज पुरुषोतम पौडेलले मंसिर ४ को निर्वाचन पश्चात मधेश प्रदेशमा नेकपा एमालेको सरकार बन्ने निश्चित भएको बताउनुभएको छ ।

 

पार्टि प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केन्द्रिय सरकार मात्र नभै प्रदेशको सरकारमा पनि अब एमालेको बहुमत हुने कुरामा पौडेलले जोड दिनुभयो । उहाँले बच्चा देखि बृद्धसम्म सबैको लागि एमालले काम गरेकोले अबको निर्वाचनमा एमालेको विकल्प कोहि नभएको जानकारी दिनुभयो ।

 

उहाँले सुर्य ध्वजा बाहक प्रतिनिधी सभामा एकवाल मिया र प्रदेश सभामा देवनारयण चौधरीलाई सबैले मत दिनेमा विश्वास ब्यक्त गर्नुभयो ।

 

यसैगरी कार्यक्रममा प्रदेश सभा उमेदवार देवनारायण चौधरी चुनाव जित्न ट्रकमा पैसा बोकेर ल्याएको हल्ला गाउँ गाउँमा रहेकाले यहि पारा रहे गरीब जनताका सन्तानले राजनिति गर्न नसक्ने परिस्थिती आउन सक्ने बताउनुभयो । उहाँले यहाँका मतदाता चेतनसिल रहेको बताउदै अब पैसाले हैन कि देशको बारेमा सोच्ने पार्टिलाई मत दिन सबैलाई आग्रह गर्नुभयो ।

 

राष्ट्रिय युवा संंघ नेपाल जीतपुरसिमरा नगरकमिटिका सचिव आयुब खानको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका सुनिल गुप्ता, क्यामुदिन अंसारी, तारा कार्की लगाएत पार्टिका अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा नुरुल्लाह अंसारीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस