आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

श्रमिक, किसान मजदुरको प्रतिनिधित्व गर्ने पार्टि एमाले : पुरुषोतम पौडेल

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक २, बुधबार (१ साल अघि) ५२० पाठक संख्या

नेकपा एमालेका पोलिट ब्युरो सदस्य पुरुषोतम पौडेलले नेकपा एमाले श्रमिक, किसान मजदुरको प्रतिनिधित्व गर्ने पार्टिको भएको बताउनुभएको छ ।

 

बाराको सिमरामा नेपाल ट्रेड युनियन महासंघको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले समाजवाद उन्मुख साशन ब्यवस्थालाई ब्यवस्थित गरेर अगाडी बढ्ने पार्टि नेकपा एमाले मात्रै भएको बताउनुभएको हो ।

 

नेकपा एमालेका मधेश प्रदेश सह ईन्चार्ज समेत रहनुभएका पौडेलले जनताको बारेमा सोच्ने, विकासको बारेमा योजना बनाउने र राष्ट्रियताको बारेमा अडान लिने पार्टि नेकपा एमाले मात्र भएको बताउनुभएको छ ।

 

वर्तमान प्रतिनिधी सभा चुनावमा नेपाली कांग्रेस, माओवादि र एकिकृत समाजवादिका पार्टि अध्यक्षहरुको भाषण २ मिनेटको मात्रै हुने गरेको बताउदै उहाँले शेरबहादुर देउवाले एमालेलाई जसरीपनि हराउनु पर्छ, प्रचण्डले एमालेलाई भितामा पु¥याउने र एकिकृत समाजवादिकाले एमालेलाई टर्चले खोज्ने स्थितीमा पु¥याउने भाषण मात्रै गर्दै हिडेको आरोप लगाउदैे नेकपा एमाले श्रमकि, किसान मजदुरको प्रतिनिधित्व गर्ने पार्टि भएको बताउनुभएको छ ।

 

कमलेश झाको सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटिका उपाध्यक्ष मंजु थापा मगर, प्रतिनिधी सभाका उमेदवार एकवाल मियाँ, प्रदेश सभाका उमेदवार देवनारायण चौधरी, जिफन्ट राष्ट्रिय कमिटि सदस्य आनन्द थामी, मधेश प्रदेश कमिटि ईन्चार्ज दिनेश्वर ठाकुर, नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती चौधरी, जिफन्ट राष्ट्रिय कमिटि सदस्य तरक प्रसाद चिमोरिया लगाएतको सहभागिता रहेको थियो ।

 

मुक्ती चौधरीको सहजीकरणमा सम्पन्न यस कार्यक्रममा तारा पौडेलले स्वागत मन्तब्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस