आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमाले जीतपुरसिमरा ७ जीतपुरमा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक ५, शनिबार (१ साल अघि) ३२० पाठक संख्या

नेकपा एमाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले जीतपुरको एमाले चोकमा आफ्नो निर्वाचन सम्पर्क कार्यालय स्थापन गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधी सभा चुनावको तैयारलाई मध्य नजर गर्दै वडा नम्बर ७ ले जीतपुरको मुख्य बजार जाने बाटो नजिकै एमाले चोकमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको हो ।

एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको सम्पर्क कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती चौधरीले जीतपुरका स्थानियले गरेको मतदानलाई आफुले सम्मान गरेको बताउनुभयो ।
आफु नगरप्रमुखमा हारेपनि जीतपुरको जनताको नजरमा जीतेको महसुस भैरहेको बताउनुभयो । साथै उहाँ आशन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा सुर्यमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

 

यसैगरी कार्यक्रममा बौल्दै प्रतिनिधी सभाका नेकपा एमालेका उमेदवार एकवाल मियाँले ८ महिना मन्त्रिको पदमा बस्दा एक जनालाई पनि निशुल्क बिदेश नपठाउनेले चुनावको समयमा मतदातालाई आफुतिर पार्न भ्रम मात्र छरेको आरोप लगाउनुभएको छ ।

 

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा भएको विकासमा आफ्नो पनि उतिकै साझेदारी रहेको बताउदै आयदै केहि दिनै यस निर्वाचन क्षेत्रको कुन कुन स्थापनमा के के काम गरेको विवरण सार्वजनिक गर्ने बताउनुभएको छ ।

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले जनताको विकास नै आफ्नो विकास भएको बताउनुभयो । उहाँले आफ्नो जीवनको महत्वपुर्ण समय जनताको सेवा मै बितेको बताउदै अब सुर्य छापमा मतदान गर्ने पाले मतदाताको रहेको भन्दै एमालेको चुनाव चिन्ह सुर्य छापमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिता उपे्रतीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सदस्य दिनेश्वर ठाकुर, एमाले जील्ला सचिवालय सदस्य तारा बहादुर कार्की, भरत घले, रेणु रेग्मी, जिल्ला कमिटि सदस्य कासिम हुसेन, गिता घले, शुभद्रा न्योपाने, एमाले नेता एवम पुर्व प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, वडा नम्बर ७ का जननिर्वाचित वडा अध्यक्ष सुनिल गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस