आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको बंजरियामा एमालेको नेता तथा अगुवा भेटघाट कार्यक्रम सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक ९, बुधबार (१ साल अघि) २५९ पाठक संख्या

बाराको प्रसौनि गाउपालिका वडा नम्बर ७ बंजरियामा नेकपा एमालले नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एमालेबाट प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सुनिल पाल, निर्वाचित वडा अध्यक्ष ईस्लाम मंसुर, एमलोका वडा अध्यक्ष रामदयाल पाल लगाएतका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित अगुवाहरुले नेकपा एमालेलाई जीताउन पुरै गाउँ नै तैयार रहेको जनाएका थिए । यस कार्यक्रममा १५१ सदस्य निर्वाचन परिचालन कमिटि समेत गठन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस