आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा क्षेत्र नं. ४ मा स्वतन्त्र उमेदवार वाग्ले चुनावी अभियानलाई तिब्रता दिदै

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक ११, शुक्रबार (१ साल अघि) २३० पाठक संख्या

बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उमेदवार ईच्छाबहादुर वाग्लेले यस क्षेत्रको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । ब्यवसायीक रुपमा बारा क्षेत्र नम्बर ४ मा आफु सफल भएको र अब राजनितिक रुपमा सफल हुन यस क्षेत्रको विकासका लागि आफुले उमेदवारी दिएको बताउनुभयो ।

 

चुनावी गतिबिधीलाई तिब्रता दिदै आएका वाग्लले ठुला गफ र झुटो प्रचार भन्दा पनि काम गरेर देखाउन आफ्नो उम्मेदवारी रहेकाले आफूलाई जिताउन मतदातालाई अपिल गर्नुभयो ।

 

लामो समयदेखी नेपाली कांग्रेसको राजनिति गर्दै आएका वाग्लेले बारा क्षेत्र नं. ४ को कुनै पनि क्षेत्रमा कांग्रेसले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कांग्रेसलाई वेवास्था गरिएको भन्दै असन्तुष्ट वाग्लेसहित कागं्रेसका नेता कार्यकर्ताहरु उहाँसंग चुनावी अभियानमा जुटेको देखिएको छ ।

 

नेपाली कांग्रेसको राजनितिमा आफ्नो राम्रो पकड बनाउन सफल भएका वाग्लले स्वात्नत्र उमेदवारी दिए पश्चात उहाँलाई उमेदवारी फिर्ता लिन विभिन्न तह तपकाबाट दबाब आएपनि यस क्षेत्रको समग्र विकासका लागि आफूले उम्मेदवारी फिर्ता नलिई चुनावमा होमिएको वाग्लेले एपी खबरलाई जानकारी दिनुभयो ।

 

चापाकल चुनाव चिन्ह लिएर चुनावी अभियानमा ब्यस्त उहाँको उनको चुनावी अभियानलाई कांग्रेस समर्थकले खुलेर सहयोग र सर्मथन गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस