आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको हरपुरमा नेकपा एमालेले कार्यकर्ता भेला सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक १२, शनिबार (१ साल अघि) ३४८ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा नेकपा एमालेले कार्यकर्ता भेला सम्पन्न गरेको छ । आशन्न मंसिर ४ को निर्वाचनमा एमालेलाई जीताउने उद्धेश्य सहित निर्वाच्न परिचालन कमिटिका साथै वडामा प्रचारप्रसारलाई तिब्रता दिन यो कार्यकर्ता भेला सम्पन्न भएको हो ।

 

एमाले वडा कमिटि अध्यक्ष भोला अंसारी सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य पुरुषोतम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले एमालेलाई हराउने उद्धेश्यका साथ चुनावमा आएका गठबन्धनलाई जनतालाई पराजीत गराउने बताउनुभयो ।

 

एमालेका मधेश प्रदेश सहईन्चार्ज समेत रहनुभएका पौडेलले एमालले चुनाव जित्न विकासको कुरा गर्ने गरेको तर गठबन्धनमा भएका नेताहरुले एमालेलाई हराउन चुनावमा आएका ले अबको विकास, सुशासन र स्थायी सरकार निर्माणका लागि एमालेले जनताले बहुमत दिने दाबी गर्नुभयो ।

 

बाराको ३ क्षेत्रका साथै मधेश प्रदेश मै एकल सरकार बनाउने मत एमालेलाई जनताले दिन लागेको बताउदै उहाँले प्रतिद्धन्दि आतिएर जनताको बारेमा उल्टोपाल्टो बोल्न थालेको बाट गठबन्धनको पराजय निश्चित भएको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधी सभा उमेदवार एकवाल मियाले यो चुनाव जितेर गए आउदो चुनावमा आफ्नो कुनै दाबेदारी नहुने घोषणा गर्नुभयो । उहाँले २०८४ को निर्वाचनमा आफ्नो कुनैपनि पदका लागि दाबी नहुने र एमाले पार्टिको नेतृत्वमा बसेर जीवन बिताउने घोषणा गर्नुभयो ।

 

आफु सांसद भएको समयमा सबै गाउँटोललाई समेटने प्रयास गरेको पनि कहिकतै छुटेकोमा जनतासंग माफि माग्दै उनले बाराका साथै मधेष प्रदेशकै बालबालिकालाई सहज अध्ययनका लागि बारामा प्राविधिक शिक्षालयको शिलान्यास गरेको बताउनभयो ।

 

कार्यक्रममा एमालेका प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरीले जनताको काममा सधै लागि रहने पार्टि एमाले मात्र भएको र त्यसको प्रत्यक्ष नमुना आफु नै भएको बताउनुभयो । उहाँले जील्लाकै परिवेसमा कुनैपनि क्षेत्रमा बोलाएको बखत पुग्ने नेता आफै नै रहेको दाबी गर्दै प्रदेश र प्रतिनिधी सभामा एमालेलाई जीताउने सबैसंग आग्रह गर्नुभयो ।

 

कार्यक्रममा नेकपा एमालेका जील्ला सचिवालय सदस्य रमेश चौधरी, सल्लाकार सदस्य अफताब आलम, बारा निर्वाचन क्षेत्र नम्बर ४ का ईन्चार्ज कासिम हुसेन, ४(क) को ईन्चार्ज दिनेश्वर ठाकुर, वडा ईन्चार्ज भावना आचार्य, कलाम अंसारी, ईलियास देवान, फजलेहक अंसारी लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस