आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एस जीतपुरसिमरा युवा संघका अध्यक्ष सोमलाल बमजनद्धारा नेकपा एमालेमा पर्किएको घोषणा

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक १५, मंगलबार (१ साल अघि) ३०२ पाठक संख्या

नेकपा एस जीतपुरसिमरा उपमहानगरपालिका युवा संघका अध्यक्ष सोमलाल बमजन नेकपा एमालेमा पर्किएका छन् । जीतपुरमा आयोजीत औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै बमजनले आफु आफ्नो मुलपार्टि नेकपा एमालेमा फर्किएको बताउनुभएको छ ।

 

नेकपा एमालेको विघटनसंगै नेकपा एसमा पार्टिको जील्ला सदस्य र नगर अध्यक्षको रुपमा रहेपनि त्यस पार्टिले विघटनको एक वर्षसम्म आफ्नो विघटनको औचित्य पुष्टि गर्न नसकेको र कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न नेकपा एमाले नै उपयुक्त भएको भन्दै आफ्नो मुल पार्टि नेकपा एमालेमा फर्किएको बताउनुभयो ।

साथै उहाँले नेकपा एस पार्टिमा कुनै भविष्य नभएका कारणले सम्पुर्ण युवाहरुलाई नेकपा एमालेमै फर्किन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले वडा नम्बर २ का वडा अध्यक्ष रविन्द्र खकुरेलको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वतीदेबी चौधरी, नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरी, नेकपा एमालेका नेता सुन्दर विक, युवा नेता आरिफ हुसेन, हिरा बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस