आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बकुलियामा नेकपा एमलेको घरदैलो सम्पन्न, उमेदवारसंगै घरघर घुमे मतदाता

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक १७, बिहिबार (१ साल अघि) ३२७ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलिया र विसौलियामा नेकपा एमालले घरदैलो सम्पन्न गरेको छ । नेकपा एमालेका प्रतिनिधि सभाका उमेदवार एकवाल मिया, प्रदेश सभाका उमेदवार देवनारायण चौधरीले संयुक्त रुपमा घरदैलो सम्पन्न गर्नुभएको छ ।

 

बकुलियाको मुख्य चोकबाट शुरु भएको घरदैलो कार्यक्रममा उमेदवारद्धयले गाउँका सबै घरघरमा पुगेर मत मागेका थिए । घरदैलोमा बकुलियाका करिब १५० भन्दा बढि स्थानियहरुको सहभागीता रहेको निर्वाचन परिचालन कमिटिका प्रदेश संयोजक दिनेश्वर ठाकुरले जानकारी दिनुभयो ।

 

एमालेको लोकप्रियता बढदो छ । हामीले एमालेलाई मत किन दिने भन्ने कुरा मतदातालाई बुझाउने काम शुरु गरेकोले यस क्षेत्रको प्रतिनिधी सभा र प्रदेश सभा दुबै जीत निश्चित भएको दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस