आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पथलैयामा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन सम्पन्न

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक १७, बिहिबार (१ साल अघि) ३३९ पाठक संख्या

बाराको पथलैयामा नेकपा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन सम्पन्न भएकोछ । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको तैयारी र प्रचारप्रसारलाई निरन्तरता दिन कार्यालय संस्थापना गरीएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोटिल ब्युरो सदस्य पुरुषोतम पौडेलले नेकपा एमाले सबै वर्गको साझा पार्टि रहेकाले क्षेत्र नम्बर ४ मा एमालेले निकाल्ने बताउनुभएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उहाँले बोल्ने र काम गरेर देखाउने पार्टि एमाले मात्र भएको बताउदै अन्य पार्टिले बोल्ने तर काम नगर्न भएकोले एमालेलाई जिताउन मतदाता उत्साहीत रहेको बताउनुभयो ।

 

नारायण बहादुर लामाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वतीदेबी चौधरी, एमाले नेता सुन्दर विक, दिनेश्वर ठाकुर, अमृतलाल श्रेष्ठ, भावना अचार्य लगाएको उपस्थिती रहेको थियो । भने कार्यक्रममा ईश्वर थपलियाले स्वागत मनतब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस