आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरी महिला फरार

एपी खबर २०८० फागुन ११, शुक्रबार (२ महिना अघि) १४९ पाठक संख्या

काठमाडौं । काठमाडौको थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ । काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

 

प्रहरीका अनुसार २६ दिनको नवजात छोरी हेरिदिने भन्दै एक महिलाले लिएर भागेको उजुरीमा उल्लेख छ । आमा-बच्चाको फलो अप चेकका लागि शुक्रबार प्रसूति गृह ल्याइएको थियो । ‘सीसीटीभी फुटेजमा एक महिलाले बच्चा लिएर गएको देखिन्छ । हामी खोजी गरिरहेका छौँ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

 

प्रतिक्रिया दिनुहोस