आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बैशाख १५ गते उपनिर्वाचन हुने

एपी खबर २०८० फागुन १३, आईतबार (२ महिना अघि) ८४ पाठक संख्या

काठमाडौं– १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुने भएको छ । दुवै स्थानमा १५ वैशाखमा उपनिर्वाचन हुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको आयुक्त निदेश थपलियाले बताए ।

 

इलाम २ बाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयघात भएर मृत्यु भएको थियो । यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस