आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

एपी खबर २०८० फागुन १६, बुधबार ( ४ महिना अघि) १९९ पाठक संख्या

काठमाडौँ : कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी सिन्धुपाल्चोकबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं ल्याइँदैछ।

 

कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस