आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरामा नारि दिवसको अवसरमा बक्तित्वकला प्रतियोगिता सम्पन्न

अखिलेश कुमार यादव २०८० फागुन २५, शुक्रबार (१ महिना अघि) १९५ पाठक संख्या

बारा : शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइएको छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ। महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ।यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय नारि दिवस आजको आवश्यकता र अवस्था बिषयमा बक्तित्वकला प्रतियोगिताको आयोजना गरेर ११४ औं अन्तर्राष्ट्रिय नारि दिवस मनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीको सभाध्यक्षतामा सुरु भएको बक्तित्वकला प्रतियोगितामा मधेश प्रदेश सभा सदस्य मन्जु थापा मगर प्रमुख अतिथि रहनु भएको थियो । ११४ औं अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा आयोजित बक्तित्वकला प्रतियोगितामा बोल्दै नगर उपप्रमुख अधिकारीले पछिल्लो समय महिला हिंसाका रुप परिवर्तन हुँदै गईरहेको भन्दै हिंसाको प्रतिवाद गर्न महिलाहरुलाई आग्रह गर्नुभयो । घरेलु हिंसा, बाल बिवाह, मदिरा सेवन लगायतका कारणले हिंसा बढिरहेको भन्दै हरेक घरबाट हिंसा अन्त्य गर्दै हिंसामुक्त समाजको निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।कार्यक्रममा बोल्दै जीतपुरसम्रा उपमहानगरपालिका १४ कि वडाध्यक्ष चयन गुरुङ्गले सांस्कृतिक तथा परम्परावादी सोच अनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उनको भनाई थियो ।अध्यक्ष गुरुङ्गले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिईन। हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतलाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उनको भनाई थियो ।बक्तित्वकला प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद,नायक समितिकी सदस्य सिता उप्रेती लगाएतले अ-आफ्नो धारणा राखेको थियो ।उक्त कार्यक्रममा जीतपुरसिमरा-३ कि कार्यवाहक वडाध्यक्ष माया बिक,कार्यापलिका सदस्य बुद्ध कुमारी,वडा सदस्य ललिता देवी पासवान,अनिता देवी खत्री लगाएत महिलाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारी दुर्गा न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस