आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाग्मती,मधेश र कोशी प्रदेशमा वर्षा हुदैं

एपी खबर २०८० चैत्र ७, बुधबार (१ महिना अघि) ४७ पाठक संख्या

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानदेखि पानी परिरहेको छ । अहिले काठमाण्डौ उपत्यका र आसपासमा पानी परिरहेको छ । बिहान झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशका बिभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको हो । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन ।

प्रतिक्रिया दिनुहोस