काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, बस पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको छ । तल खसेको बसमा त्यसपछि आगलागी भएको थियो ।दुर्घटनामा घाइते एक बालिकाको भने जीवितै उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस