आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

१ सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय

एपी खबर २०८१ बैशाख २१, शुक्रबार ( १ साल अघि) १८४ पाठक संख्या

काठमाडौँ : सरकारले १ सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

‘अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिवर्तन गर्न स्वीकृति दिने निर्णय भएको छ,’ मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस