आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गणतन्त्र दिवसको अवसरमा जितपुरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

एपी खबर २०८१ जेष्ठ १५, मंगलबार ( १ महिना अघि) १२७ पाठक संख्या

गणतन्त्र दिवसको उपलक्षयमा आयोजीत बक्तृत्वकला प्रतियोगीतामा एभरग्रीन ई. बोर्डिगं स्कुल पहिलो भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा आयोजित यस प्रतियोगितामा एभरग्रीन ई. बोर्डिगं स्कुल पहिलो स्थान ल्यान लागेको हो ।

जितपुरसिमरा एन. प्याब्नको सहकार्यमा आयोजित यस प्रतियोगीतामा यस नगर भित्र रहेको सिमरा र जितपुरका गरी १५ ओटा निजि विद्यालयहरुको सहभागिता रहेको थियो । आयोजक समेत रहेको यस विद्यालयको छात्रा श्रेयन साहले प्रथम स्थान ल्याउन सफल भएका हुन् ।

यसैगरी प्रतियोगीतामा केयरभिजन ई.स्कुल द्धितिय र अम्ब्रेला ई.स्कुल तृतिय सथान ल्याउन सफल भएका छन् । केयरभिजनका लागि छात्रा फतिमा खातुनले द्धितिय र अम्ब्रेला स्कुलका लागि छात्रा प्रियान्सी वर्माले तृतिय स्थान ल्याउन सफल भएको आयोजक स्कुलले जनाएको छ ।

विद्याालयका संस्थापक डा कृपा सिन्धुको सभाअध्यक्षताम समपन्न यस प्रतियोगीतामा विद्यालयका संचालक राजेश अधिकारी, प्रमुख अतिथीको रुपमा मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरी र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस