आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिद्धारा अमलेखगञ्ज मा.बि. मा १ थान टेलिभिजन हस्तान्तरण

एपी खबर २०८१ जेष्ठ १६, बुधबार ( १ महिना अघि) ९० पाठक संख्या

सिमरा स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि को १७ औं स्थापना दिवशका अवसरमा जेष्ठ १४ देखि २० गते सम्म बिभिन्न कार्यक्रमहरको आयोजना गरी मनाइ रहेको छ । यस क्रममा जेष्ठ १४ गते अमलेखगञ्ज मा. बि मा सञ्चालनमा रहेको मन्टेश्वरी पठनपाठनमा सहयोगी हुने स्रव्य दृष्यका लागि १ थान टेलिभिजन हस्तान्तरण गरिएको थियोे । यसैगरी आज १६ गते जि.सि १५ स्थित जनकल्याण आधारभुत बिद्यालयलाई १ थान कार्यालय दराज एक कार्यक्रमका बिच हस्तान्तर गरियो ।

उक्त कार्यक्रमको अध्यक्षता संस्था कि उपाध्यक्ष श्री क्षमादेवि अधिकारीको गर्नु भएको थियो । सो कार्यक्रमा संस्थाका अध्यक्ष श्री यज्ञबहादुर आलेले कार्यक्रमका बारेमा संक्षिप्त मन्तब्य राख्नुभएको थियो भने बिद्यालयको तर्फबाट प्र.अ. गोकुल कुवरले मन्तब्य राख्नुभएको थियो ।

 

कार्यक्रममा संस्थाका सचिव दिपक प्र.भ¤, कोषाध्यक्ष बरुण गौतम सञ्चालकहरु भिमप्रसाद खकुरेल, चुडामणि गौतम,मनकुमारी खनाल, ,लेखा समितिका संदस्य शुसिला शर्माको उपस्थिति रहेको थियो भने बिद्यालयको तर्फबाट व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा शिक्षिकाहरु र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण व्यवस्थापक महेश ढुंगेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस