आज:  २०८१ कार्तिक १०, शनिबार | Sat, 26, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गर्मीका कारणमा भारतका ७ राज्यमा एकै दिन ७९ जनाको मृत्यु, बिहारमै ४४ जना

एपी खबर २०८१ जेष्ठ १८, शुक्रबार ( ४ महिना अघि) ९३ पाठक संख्या

नयाँ दिल्ली । भारतमा गर्मीका कारण बिहीबार ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो ।

 

सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो ।  ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो ।

 

राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो । उत्तर प्रदेश र दिल्लीमा १÷१ जनाको मृत्यु भएको छ । मौसम विभागले शुक्रबारका लागि यी राज्यमा लूसम्बन्धी अलर्ट जारी गरेको छैन । बिहीबार अधिकांश राज्यमा लूसम्बन्धी अलर्ट जारी गरिएको थियो । पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ । साभार अनलाईन खबर..

प्रतिक्रिया दिनुहोस