आज:  २०८१ कार्तिक १०, शनिबार | Sat, 26, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगौलबाट प्रदेशसभा सदस्य चौधरीद्धारा जीतपुरसिमरा भित्र बन्ने १४ वटा आवास निर्माण कार्यको शुभारम्भ

एपी खबर २०८१ जेष्ठ २०, आईतबार ( ४ महिना अघि) २२५ पाठक संख्या

प्रदेश सभा सदस्य देवनारायण चौधरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलमा २ ओटा आवास निर्माण कार्यको शुभारम्भ गर्नुभएको छ । अति विपन्न परिवारका लागि मधेस प्रदेश सरकारले ल्याएको निधि आवास कार्यक्रम अन्तर्गत प्रदेशसभा सदस्य चौधरीले यस वडामा २ वडा आवास निर्माणको शिलान्यास गर्नुभएको हो ।

 

चौधरीले स्थानीय देवकी देवी र अगरमतिया देवीको घरको शिलान्यास गर्नुभएको यसै वडाका वडा अध्यक्ष कैमुदिन अंसारीले जानकारी दिनभयो । साथै यस कार्यक्रमको शुरुवात आफ्नो वडाबाट गर्नुभएको प्रति वडा अध्यक्ष अंसारीले खुसी ब्यक्त गर्नुभयो ।

 

प्रदेश सभा सदस्य चौधरीको पहलमा जितपुरसिमरा उपमहानगरपालिका भित्र वडा नम्बर २ मा ५, वडा नम्बर ६ मा दुई, वडा नम्बर १, ३, ४, ५, ८, १९ र २० मा १÷१ ओटा गरी १४ ओटा घरको निर्माण हुनेछ । दुइ ओटा कोठा, एउटा भान्सा र शौचालय युक्त निर्माण हुने यस आवासको कुल लागत प्रति घर ५ लाख हुने प्रदेश सभा सदस्य चौधरीका सोकिय सचिव रविन्द्र खकुरेलले जानकारी दिनुभयो ।

 

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अंसारीको नेतृत्वमा आयोजित शिलान्यास कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश प्रदेश सचिव मनोज पौडेल, कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारी, वडा नम्बर ३ की कार्यवाहक वडा अध्यक्ष माया विक, एमाले वडा नं. २ का वडा कमिटी अध्यक्ष रवीन्द्र खकुरेल, स्थानिय चिरञ्जिवी भक्त पौडेल, समाजसेवि फजलेहक अंसारी, कमरुल होदा अंसारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस