आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रगत परीक्षण निःशुल्क हुने जीतपुरसिमरा १४ र रेडक्रस सोसाइटी पर्साबीच सम्झौता

एपी खबर २०८१ जेष्ठ २०, आईतबार ( १ महिना अघि) १०८ पाठक संख्या

नेपाल रेडक्रस सोसाइटी पर्सा र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालय बीच रगत परीक्षण सेवा निःशुल्क गर्न सम्झौता भएको छ । आईतवार जीतपुरसिमरा १४ भित्रका नागरिकलाई वीरगन्जस्थित रक्तसञ्चार केन्द्रबाट रगत आवश्यक परेमा परीक्षण शुल्क नलिई सेवा प्रदान गर्ने गरी वडा कार्यालय र रेडक्रसबीच सम्झौता भएको हो ।

 

सम्झौता अनुसार अब रक्तसञ्चार केन्द्रबाट उक्त वडा भित्रका नागरिकले रगत लिने क्रममा लाग्ने गरेको परीक्षण शुल्क तिनुपर्ने छैन । सम्झौतापत्रमा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ र रेडक्रसका सभापति वीरेन्द्रराज कंडेलले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस