आज:  २०८१ कार्तिक १०, शनिबार | Sat, 26, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेले मधेस प्रदेशमा २ लाख सदस्य पुर्याउने

एपी खबर २०८१ जेष्ठ २२, मंगलबार ( ४ महिना अघि) १०१ पाठक संख्या

नेकपा एमाले केन्द्रीय सङठन बिभागको आयोजना र मधेस प्रदेश कमिटिको ब्यावस्थापनमा पार्टिको सदस्यता नविकरण तथा अनलाइन अभिलेखिकरण बिषयक अन्तर्क्रियात्मक अभिमुखिकरण कार्यक्रम जनकपुरमा सम्पन्न भएको छ । कार्यक्रममा एमाले स्थायी कमिटिका सदस्य तथा केन्द्रीय सङठन बिभागका प्रमुख काशिनाथ अधिकारिको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा काशिनाथ अधिकारी,सङगठन बिभागका सचिब माधब ढुङेल,अब्जल मियालगायतले सदस्यता नविकरण र अनलाइन अभिलेखिकरणका बिषयमा प्रशिक्षण दिनु भएको थियो । मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डलको सभापतित्वमा,प्रदेश सचिब मनोज पौडेलको सहजिकरण र उपसचिव आरती भण्डारिको स्वागत र महमद कैशले धन्यबाद ब्यक्त गर्नु भएको कार्यक्रममा पोलिटब्युरो सदस्यहरु सुमनराज प्याकुरेल र लिलानाथ श्रेष्ठ सहित मधेस प्रदेशका आठ वटै जिल्ला अध्यक्ष,सचिबसहितको उपस्थितीरहेको थियो ।

 

कार्यक्रममा मधेस प्रदेशमा जेष्ठ महिनालाइ पार्टी सदस्यता नबिकरण र बिस्तारलाइ व्यापक अभियानकारुपमा सन्चालन गर्ने निर्णय गरेको मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलले बताउनु भयो । मधेस प्रदेशमा आहिले ६७ हजार ७० पार्टी सदस्य रहेकोमा १ लाख ३६ हजार १ सय ३८ सदस्य थपेर २ लाख ३ हजार २ सय ८ सदस्य पुर्याउने निर्णय गरिएको सचिब मनोज पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस