आज:  २०८१ कार्तिक १०, शनिबार | Sat, 26, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सदस्य चौधरीद्धारा जितपुरसिमरा ३ कुना टोलमा २ ओटा आवासको शिलान्यास

एपी खबर २०८१ जेष्ठ २२, मंगलबार ( ४ महिना अघि) १११ पाठक संख्या

प्रदेश सभा सदस्य देवनारायण चौधरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को कुना टोलमा २ ओटा आवास निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । अति विपन्न परिवारका लागि मधेस प्रदेश सरकारले ल्याएको निधि आवास कार्यक्रम अन्तर्गत प्रदेशसभा सदस्य चौधरीले यस वडामा २ वडा आवास निर्माणको शिलान्यास गर्नुभएको हो ।

 

प्रदेश सभा सदस्य चौधरीको पहलमा जितपुरसिमरा उपमहानगरपालिका भित्र वडा नम्बर २ मा ५, वडा नम्बर ६ मा दुई, वडा नम्बर १, ३, ४, ५, ८, १९ र २० मा १÷१ ओटा गरी १४ ओटा घरको निर्माण हुनेछ । दुइ ओटा कोठा, एउटा भान्सा र शौचालय युक्त निर्माण हुने यस आवासको कुल लागत प्रति घर ५ लाख हुने प्रदेश सभा सदस्य चौधरीका सोकिय सचिव रविन्द्र खकुरेलले जानकारी दिनुभयो ।

 

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष माया विकको नेतृत्वमा आयोजित शिलान्यास कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश प्रदेश सचिव मनोज पौडेल, वडा नम्बर ३ का वडा सदस्य शंकर पाख्रिन, एमालेका नेता अमृतलाल श्रेष्ठ, कृष्ण खनाल, शुक्र श्रेष्ठ, समाजसेवि फजलेहक अंसारी, कमरुल होदा अंसारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस