आज:  २०८२ अषाढ ६, शुक्रबार | Fri, 20, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

महिला हिसां तथा मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम शुरु

एपी खबर २०८१ जेष्ठ २४, बिहिबार ( १ साल अघि) १२८ पाठक संख्या

बाराको जितपुरमा महिला हिसां तथा मानव अधिकार सम्बन्धि जनचेतनामूलक कार्यक्रम शुरु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा महिला सरोकार मञ्चको आयोजनामा यो कार्यक्रम बिहिवारबाट शुरु भएको हो ।

जितपुर स्थित फकिरा गिरी राजेश्वर गिरी मा.वि.मा एक औपचारिक कार्यक्रमका बिच यो जनचेतना मुलक कार्यक्रमको शुरु भएको हो । यस वडाका वडा अध्यक्ष सुनिल कुमार गुप्ताले कार्यक्रमको ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुप्ताले विकासका लागि सम्बन्धित क्षेत्रका जनतामा चेतना हुन आवश्यक रहेको बताउनुभयो । सरसफाई, बालबालिकालाई शिक्षा दिनुपर्ने, महिला पुरुष बिच हिसां नगर्ने कार्यका साथै मानव अधिकारको सुनिश्चितताका लागि पनि जनतामा चेतना हुनुपर्ने भएकाले यस वडाले जनचेतना मुलक योजना ल्याएको बताउनुभयो ।

वडा अध्यक्ष गुप्ताले आफ्नो वडालाई थप ब्यवस्थित बनाउन अगामी दिनमा पनि यस्ता धैरै योजना ल्याउने उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

महिला सरोकार मञ्चकी अध्यक्ष देवि सापकोटाको सभाअध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वडा सदस्य सिता उप्रेती, नुरुल्लाह अंसारी, ललिता पासवान, फकिरा गिरी राजेश्वर गिरी माध्यमीक विद्यालयका प्र.अ. राजु सिहं, पत्रकार अनिल तिवारी लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस