आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनहित उपभोक्ता समितिको १७ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटनको क्षेत्रमा सबैको सहकार्य आवश्यक : प्रदेश सदस्य चौधरी

एपी खबर २०८१ जेष्ठ २६, शनिबार ( १ महिना अघि) ९७ पाठक संख्या

मधेश प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरीले बन संरक्षणको क्षेत्रमा प्रदेशको योजना ल्याउन पहल गर्ने बताउनुभएको छ । जनहित उपभाक्ता समितिको १७ औँ वार्षिक साधारण सभालाइ सम्बोधन गर्दै उहाँले बनको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको यस क्षेत्रको बन संरक्षण गर्न प्रदेशको योजना ल्याउन आफुले पहल गर्ने बताउनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको चौधरीले बन भित्र निर्माण हुन लागेको बाटो निर्माणले बन र बन्यजन्तुको संरक्षणमा बाधा पुग्ने भएकाले यस बारेमा समेत सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय निकायले बनसंग सम्बन्धित नियम कानुन ल्याएर बन बन्यजन्तु र पर्यापर्यटनको क्षेत्रलाई अगाडी बढाउन आग्रह गर्नुभयो ।

 

उहाँले विश्व वातावरणमा देखिएको प्रभावलाई नियन्त्र गर्ने एउटै उपाए बन तथा बन्यजन्तुको संरक्षणा भएको बताउदै बन क्षेत्रलाई जोउन सबैको साझा सहकार्य आवश्यक रहेको जिकीर गर्नुभयो । बनमा आश्रीत समुदायका लागि सिप मुलक तालिम दिई आर्थिक रुपमा सम्पन्न बनाउन पनि राज्यको ध्यान जान आवश्यक रहेकाले यस कार्यलाई प्रदेश सरकारको सहकार्यमा अगाडी बढाउने योजना ल्याउन सदनमा जोडदार आवाज उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गदै पर्सा राष्ट्रिय निकुञ्ज कार्यलय आधाभारका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बनको संरक्षण कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँ बन संरक्षण कार्यलाई सबैको साझा बनाउन बनमा आश्रीत परिवारलाई लक्षित गर्दै सिप सिकाउन समितिलाई निर्देशीत गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला अधिकारीले नगर सहयोगमा शुरु भएको बन क्षेत्र संरक्षण तारबार जडान कार्यलाई निरन्तरता दिन पहल गर्ने बताउनुभयो । जनहित उपभोक्ता समितिले संरक्षणको कार्यको प्रशसा गर्दै अध्यक्षको प्रतिवेदनमा समेटएको कार्ययोजनाको सफताको कामना समेत गर्नुभयो ।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न १७ औँ साधारण सभामा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ का का.वडा अध्यक्ष माया वि.क, मुसहर्निमाई मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष कुबेर न्यौपाने, जनजागरण मध्यवर्ती सामुदायिक वन समुहका सचिव आजिर अंसारी, कोषाअध्यक्ष कमरुल होदा अंसारी, भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुहका सचिव सुमन थापा मगर, जनकल्याण मध्यवर्ती वचत तथा ऋण सहकारि संस्था लि.का उाध्यक्ष राम सिल्वाल, सिमरा महिला वचत तथा ऋण सहकारि संस्था लि.का सचिव गिता शर्मा, सिमरा खानेपानि तथा सरसफाई उपभोक्ता समितिको उपाध्यक्ष पुर्णचन्द्र तिमिल्सिना, प्रभातफेरि दुग्ध उत्पादक सहकारि संस्था लि.का सचिव मधुकर अधिकारी, जनहित चोरिशिकारि नियन्त्रण यूवा जागरण उप समितिका अध्यक्ष रविन्द्रराज श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस