आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढ नगर उद्योग वाणिज्य संघमा पत्रकार इन्दीप कोइराला मनोनित

एपी खबर २०८१ जेष्ठ २६, शनिबार ( १ महिना अघि) ८७ पाठक संख्या

निजगढ नगर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा सञ्चारकर्मी इन्दीप कोइरालालाई मनोनित गरिएको छ ।
संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य पदमा सञ्चारकर्मी कोइराला मनोनित गरिएको हो ।

 

कार्यसमितिको निर्णय बमोजिम बाराका निजगढ नगरपालिका ८ निवासी नयाँ पत्रिका र एभिन्यूज टिभि बाराका संवाददाता तथा निजगढ न्युजका संचालकसमेत रहेका पत्रकार इन्दीप कोइरालालाई १७ औँ बैठकको निर्णय अनुसार मनोनित गरिएको थियो र त्यसलाई कार्यनयन गर्दै शनिबार बिहान संघले उनलाई मनोनित प्रमाण पत्र सहित संघको कार्यसमितिमा स्वागत गरेको संघका महासचिव गोविन्द प्रसाद न्यौपानेले जानकारी दिए ।

 

नेपाल फोटो पत्रकार महासंघ बाराका सचिवसमेत रहेका पत्रकार कोइराला नेपाल पत्रकार महासंघ बाराका कार्यसमिति सदस्यसमेत हुन् । बिभिन्न संघसस्थाबाट सम्मानित समेत भईसकेका उनी डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन ।

प्रतिक्रिया दिनुहोस