आज:  २०८१ कार्तिक १०, शनिबार | Sat, 26, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अज्ञात समुहद्वारा गोली हानी क्याम्पस प्रमुखको हत्या

एपी खबर २०८१ अषाढ १, शुक्रबार ( ४ महिना अघि) ९८ पाठक संख्या

जिल्लाको आदर्श कोतवाल नगरपालिका वडा नँ ३मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल वडा नम्बर २ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो ।

 

गोली लागि बयोधा अस्पताल बीरगंजमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु भएको प्रहरिले जनाएको छ । अनुसन्धान जारी रहेकाले बिस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताए ।

 

गतबर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ बर्षिय गुड्‍डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
बारामा गोलि प्रहारका घटना यश अघि पनि हुँदै आएको थियो । जिल्लाको बरियारपुर तथा सिम्रौनगढमा भारतीय सुटरले नेपाल प्रवेश गरि गोलिहानी ब्यक्ति हत्या गरी भारत तिरै भागेका थिए ।

प्रतिक्रिया दिनुहोस