आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्रिको अभियान भष्ट्रचारीलाई धन, प्रदेश २ मा अख्तियारको छापा

एपी खबर २०७८ आश्विन १३, बुधबार (२ साल अघि) ५१६ पाठक संख्या

जनकपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छापा मारेको छ। बुधबार अख्तियारको टोलीले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो।

सरकारका विभिन्न योजनामा व्यापक अनियमितता भइरहेको भन्दै समाचार बाहिरिरहेका बेला  अख्तियार टोलीले छापा मारेको हो। बेटी पढाउ बेटी बचाउ अभियानका लागि बालिकाहरूलाई वितरण गर्न खरिद गरिएका साइकलमा अनियमितता गरेको भन्दै प्रदेश २ सरकारको व्यापक आलोचना भएपछि अख्तियारमा उजुरी परेको थियो।

उजुरीको सम्बन्धमा स्थलगत रुपमा छानबिनका लागि अख्तियारको टोली मन्त्रिपरिषद् कार्यालय पुगेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्। अख्तियारले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको बताइएको छ।

अभियान मुख्यमन्त्री कार्यालय अन्तर्गत सञ्चालित रहेको छ। प्रदेशहहरुमध्ये प्रदेश २ को कार्यालयमा अख्तियारले पहिलो पटक छापा हानेको हो। यसअघि सामाजिक विकास मन्त्रालयमा पनि अख्तियारले छापा मारेको थियो।

प्रतिक्रिया दिनुहोस