आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको मृत्यु

एपी खबर २०८० आश्विन १६, मंगलबार ( ९ महिना अघि) ८५ पाठक संख्या

भारत : भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ । क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् ।

 

झारखण्डका केही भागमा शनिवारदेखि नै पानी परिरहेको छ । घर तथा भौतिक संरचनामा पनि क्षति पुगेको छ । सडक पनि डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ ।  भारतीय मौसम विज्ञान विभागले अझै दुई/तीनदिनसम्म भारतका केही ठाउँमा ठूलो पानी पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस