आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा र रौतहटबाट नक्कली नोटको कारोबार गर्ने ५ पक्राउ, ९३ लाख रुपैयाँ बरामद

सुप्रिया ढकाल २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ३२३ पाठक संख्या

बारा । नक्कली नेपाली नोटको कारोबार गरेको आरोपमा बारा र रौतहटबाट ५ जना पक्राउ परेका छन् । भारतमा नोट बनाएर सोहि नोट नेपालमा कारोबार गर्ने बाराका ४ र रौतहटका १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा बाराको निजगढबाट ४ जना र रौतहटको चन्द्रनिगाहपुरबाट १ जना रहेका छन् । उनिहरुको साथबाट नेपाली एक हजार दरका नक्कली र सक्कली नोट गरी झण्डै ९३ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

रौतहटमा पक्राउ परेका १ जनालाई पनि बारा ल्याईएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस