आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पत्रकारमाथीको दुव्र्यवहारप्रती छातासंगठनहरुको ध्यानाकर्षण, प्रेश विज्ञप्ती सहित

सुप्रिया ढकाल २०७८ भाद्र २७, आईतबार (२ साल अघि) २४२ पाठक संख्या

बारा । निजगढ स्थित तारा ईन होटलमा प्रहरीले छापा मारेर बारा निजगढका ४ र रौतहट चन्द्रपुरका १ गरी ५ जना नक्कली नोट कारोबारीलाई पक्राउ गरेको छ ।

 

उक्त घटनाको रिपोर्टिङ्ग गर्ने क्रममा प्रहरीले न्यूज २४ की बारा संवाददाता एवं नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष लक्ष्मि पाण्डेमाथी दुव्र्यवहार गरेको भन्दै पत्रकारहरुको छाता संगठनले ध्यानाकर्षण जनाएको छ ।

नेपाल पत्रकार महासंघ प्रादेशीक कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रेस चौतारी नेपाल बाराले प्रेश विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेको छ । गोप्य सुचनाको आधारमा पुगेको प्रहरी टोलीले पत्रकार पाण्डेको मोवाईल खोसेर भिडियो डिलेट गरेको हो ।

 

नागरीकको सु–सुचित हुने अधिकारका लागी सक्रिय पत्रकार माथी दुव्र्यवहार भएको घटनाको उचित छानविन गर्न र यस्ता घटना नदोहो¥याउन विज्ञप्तीमा चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस