आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलवार कल्याण समिति बाराको बैठक सम्पन्न, यसबर्षपनि पुजा भब्य रुपले गरीने

सुप्रिया ढकाल २०७८ भाद्र २९, मंगलबार (२ साल अघि) ३६० पाठक संख्या

बारा । हरेक बर्ष जस्तै यसबर्ष पनि कलवार समुदायको बिषेश पुजा धुमधामका साथ गरिने भएको छ ।

 

आश्विन ४ गते हुने पुजाको तैयारीका लागी आज बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा आज कलवार कल्याण समितिको बैठक बसी पुजा समिति गठन गरिएको छ ।

 

कलवार जातिको कुल (बलभद्र) देवताको तस्बिर राखि गरिने पुजालाई अझ भब्य र ब्यवस्थित बनाउनका लागी आजको बैठकले पुजा उपसमिति गठन गरेको कलवार कल्याण समिति अध्यक्ष राजराम साहले जानकारी दिनुभयो ।

 

पुरानो प्रहरी चौकि, केराढोका अगाडि रहेको कलवार कल्याण समितिको आफ्नै जग्गामा पुजा हुने पुजा उपसमिति सयोजक मनोज साहले बताउनुभयो ।

 

कलवार समुदायको मात्र उपस्थितीमा पुजा हुने उहाले बताउनुभयो । पुजामा बारा जिल्ला भरीका हजारौको संख्यामा कलवारहरुको उपस्थिती रहनेछ ।

प्रतिक्रिया दिनुहोस