आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गणेश चतुर्थी महोत्सवको अन्तिम दिन कराते खेलाडिले गरे पण्डालको सरसफाई

सुप्रिया ढकाल २०७८ भाद्र ३०, बुधबार (२ साल अघि) ४५५ पाठक संख्या

बारा । हरेक बर्ष गणेश चतुर्थी देखी ५ दिनसम्म धुमधामका साथ आयोजना हुने गणेश चतुर्थी महोत्सव यस बर्ष पनि हर्षोल्लासका साथ मनाईएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालीका ७ जितपुर गौशालामा भगवान श्री गणेशको ठूलो पंडाल बनाएर दिवा पुजा तथा रात्रीकालीन भजन किर्तन गर्ने गरीन्छ ।

 

महोत्सवमा स्थानिय तथा बारा जिल्ला भरीका हजारौ भक्तजनको उपस्थिती रहने भएतापनि पुजा सकिएपछिको सरसफाई भने चुनौतीको पाटो रहदै आएको छ । जितपुरको पहिचानको रुपमा रहेको यस बिषेश गणेश चतुर्थी महोत्सवलाई सफल बनाउन भन्दै नेपाल सितोरियो कराते जितपुर शाखाले पण्डालको सरसफाई गरेको छ ।

 

हरेक दिन बिहान ५ देखी ६ः३० बजेसम्म कराते अभ्यास गर्ने गरेका प्रशिक्षार्थीहरुले आज उक्त समय गणेश पण्डालको सरसफाईमा खर्च गरेको सहायक प्रशिक्षक मनोज साहले बताउनुभयो । खेलाडिहरुसंगै प्रशिक्षक पनि सहभागी भएर सामाजिक दायित्व पुरा गरेकोमा खुसी लागेको भन्दै पुजा समिति अध्यक्ष श्रीराम साहले धन्यबाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस