आज:  २०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुन्दर विश्वकर्माको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी बारा गठन, २ सय ५१ जनाले लिए सपथ

सुप्रिया ढकाल २०७८ आश्विन १, शुक्रबार (२ साल अघि) ३८४ पाठक संख्या

बारा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाराको २ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा पश्चात सथप ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार कलैयामा आयोजित भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा कमिटीको घोषणा गरेको हो ।

विश्वकर्मा यसअघि एमालेका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । बारा क्षेत्र नम्बर ४ क बाट प्रदेश २ का सांसदसमेत रहनु भएका विश्वकर्माको कमिटी उपाध्यक्षमा उसमान अंसरी र बिजेन्द्र चौधरी सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्रप्रसाद कलवार रहनुभएको छ । यस्तै जिल्ला कमिटीको सदस्यहरुमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, कमला अधिकारी, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका रहनुभएको छ ।

 

नव गठित कमिटिका सम्पूर्ण पदाधिकारीले सोहि कार्यक्रम मार्फत सपथ ग्रहण गरेका छन् ।

 

जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य एवं प्रमुख अतिथि नागेन्द्र चौधरीले समान अवसर र देशको बिकाशका लागी एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गर्नुभएको छ । एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिस्ट आन्दोलनले ठूलो नोक्सानी ब्यहोर्नुपरेको उहाको भनाई थियो । चौधरीले नव गठित कमिटिलाई आगामी निर्वाचनका लागी आ–आफ्नो ठाउँबाट जनताको मन जितेर अगाडि बढ्न निर्देशन दिनुभयो ।

 

यस्तै केन्द्रिय सदस्य एंव विशिष्ट अतिथि दिनेश राईले ओलीको व्यक्तिवादी चरित्रले पार्टीलाई कम्पनीको रूपमा अगाडि बढाउन खोजेपछि विद्रोह गर्नु परेको बताउनुभयो ।

 

भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य विभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छविलाल उप्रेती, अनेम संघका केन्द्रिय सदस्य चमिना भट्टराई लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस