आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली काग्रेसका ईच्छाबहादुर वाग्ले र निरु रायमाझीले बारा ४ बाट दिए स्वतन्त्र उमेदवारी

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन २३, आईतबार (१ साल अघि) ५३९ पाठक संख्या

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ईच्छाबहादुर वाग्ले र नारायणी रायमाझी (निरु) ले स्वतन्त्र उमेदवारी दिनुभएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसले कुनैपनि टिकेट नदिएको भन्दै उहाँहरुले स्वतन्त्र उमेदवारी दिनुभएको हो ।

 

बारा क्षेत्र नम्बर ४ बाट इच्छाबहादुर वाग्ले प्रतिनिधीसभाका लागि र नारायणी रायमाझी (निरु) ले प्रदेश सभा सदस्यका लागि स्वातन्त्र उमेदवारी दिनुभएको हो ।

 

नेपाली कांग्रेसले आफुहरुको मनोभावना विपरित यस क्षेत्रमा पार्टिको कुनैपनि ब्यक्तिलाई टिकेट निदिएकोले स्वतन्त्र उमेदवारी दिन आफुहरु बाध्य भएको निरु रायमाझिले बताउनुभएको छ ।

 

यसैगरी प्रनितिधी सभाका स्वतन्त्र उमेदवार वाग्लेले यस क्षेत्रका जनताको सेवा गर्ने आफ्नो चाहना रहेको तर पार्टिले त्यस विपरित निर्णय गरेकै कारण स्वतन्त्र उमेदवारी दिएको बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस