आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माओवादिका केन्द्रिय सदस्य जहीर मौलाना एमाले प्रवेस

प्रिती कुमारी, जीतपुर २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि) ६६० पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का जहीर मौलाना नेकपा एमालेमा पार्टि प्रवेस गरेका छन् । शुक्रवार मुस्लिम ईतिहादका जीतपुरसिमरा नगर अध्यक्ष नुरुल्लाह अंसारीको अगुवाईमा मौलाना एमालेमा प्रवेस गर्नुभएको हो ।

 

माओवादिका केन्द्रिय सदस्य समेत रहेको मौलाना जहीरलाई नेकपा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा उमेदवार एकवाल मियाँ र प्रदेश सभा (क) को उमेदवार देवनारायण चौधरीले एमालेको चुनाव चिन्ह अंकित गम्छा लगाएर पार्टि प्रवेस गराउनुभएको हो ।

 

कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा वडा नम्बर २४ का कलाम अंसारी, नगर युवा संघका सचिव आयुब खान, पुर्ण तिमिल्सिना लगाएत पार्टिका शुभचिन्तक र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 


यसैगरी नेकपा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ४(क) का प्रदेश सभा सदस्यका उमेदवार देवनारायण चौधरीले ब्रहमपुरीमा कार्याकर्ता भेटघाट गर्नुभएको छ । पार्टिका अगुवा कार्यकर्ताहरुको सहकार्यमा चौधरीले ब्रहमपुरीमा कार्यकर्ता भेटघाट गर्नुभएको हो ।

 

भेटघाटको क्रममा यस गाँउका अगुवाहरुले एमालेलाई बुहमत दिनएर पठाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस