आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोल्हाबीमा दादुरा रुबेला खोप अभियान अभिमुखीकरण तथा योजना गोष्ठी सम्पन्न

एपी खबर २०८० फागुन १३, आईतबार (२ महिना अघि) ८७ पाठक संख्या

बिनिता चौधरी । बाराको कोल्हवी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुबेला खोप अभियान २०८० /०८१ नगर स्तरीय खोप समन्वय समिति अभिमुखीकरण तथा योजना गोष्ठी आइतबार नगर पालिकाको सभा हलमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।

 

 

कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको सभा पतित्वमा सम्पन्न भएको कार्यक्रमको बिशिस्ट अतिथिहरुमा कोल्हबी नगरपालिका की उप प्रमुख लक्ष्मी कुमारी चौधरी , निमित्त प्रमुख प्रशासकि अधिकृत सुरेन्द्र चौधरी , अतिथिहरुमा कोल्हवी नगरपालिका वडा न का वडा अध्यक्ष राजहरण चौधरी , २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी , ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी , ४ का वडा अध्यक्ष बिष्णु मैनाली , ५ का नन्दकिशोर चौधरी , ६ का दिनेश चौधरी , ७ का सलाउदिन अन्सारी , ९ का दलबहादुर चौधरी , १० का कुन्जबिहारी चौधरी , स्वास्थय शाखा सहायक प्रमुख बिश्वनाथ चौधरी , इलाका प्रहरी कार्यालय कोल्हविका प्रमुख भोलामान सिह अधिकारी ,सशस्त्र बेस कोल्हविका प्रमुख उमेश पौडेल श्री अनुप दिपनी मा बि कोल्हबिका प्र अ रामप्रकाश चौधरी , श्री ने रा मा बि सपहिका प्र अ भुनेश्वर चौधरी , श्री जनता मा बि ककडी प्रसौनाका प्र अ चन्द्रदेव कुशवहा , श्री मनि मा बि थस्कौलका प्र अ जग्दिश पन्डित , महिला शाखा प्रमुख बिमला सुनार लगायतको उपस्थिति रहेको थियोे ।

 

 

कार्यक्रम मार्फत स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले दादुरा रोगको औचित्य , जटिलता , राष्ट्रिय खोप कार्यक्रमको मुख्य उपलब्धिहरु , खोप चुनौती , खोप कार्यक्रम , कार्यक्रमको भावी योजनाको बारेमा जानकारी गराउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख रामप्रसाद चौधरीले दादुरा रुबेला खोप कार्यक्रमलाई सफल पार्न सम्पुर्ण जन प्रतिधिनी , शिक्षक मन बी सुरक्षा कर्मी , स्वास्थ्य कर्मी र पत्रकारलाई आग्रह गर्नु भएको थियोे ।कोल्हबी नगरापालिकामा यही फाल्गुन २० गते देखि २४ गते सम्म दादूरा रूबेला खोप संचालन हुनेछ

प्रतिक्रिया दिनुहोस