आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरी द्वारा अनुचित लेनदेन (मिटर ब्याजी ) सम्बन्धी प्रगति विवरण सार्वजनिक

एपी खबर २०८० फागुन १४, सोमबार (२ महिना अघि) २८४ पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय बाराले अनुचित लेनदेन (मिटर ब्याजी ) सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराले बैशाख १७ गते देखि फाल्गुन १३ गते सम्म मिटर ब्याजी सम्बन्धी प्रगति विवरण आईतबार सार्वजनिक गरेको छ । बैशाख १७ गते देखि लिएर माघ मसान्त सम्म बारामा ६७५ वटा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी मुद्दा दर्ता भएको त्यस्तै फाल्गुन १ गते देखि लिएर १३ गते सम्म १०४ वटा मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

अनुचित लेनदेन(मीटर ब्याज) सम्बन्धी ७७९ वटा मुद्दामा मिलापत्र भएका छन् । जस अन्तरगत अनुचित लेनदेनका क्रममा साहुकहाँ रहेको ८३ कित्ता जमिन फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।अनुचित लेनदेन (मीटर ब्याजी) सम्बन्धी समस्या समाधानका लागि २०८० बैशाष १७ गते देखी जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्तागरी दुबैपक्षका कुरा सुनुवाई हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस