आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढ स्थित रोहित वर्कशपमा शंकास्पद वस्तु विष्फोट,१ जनाको मृत्यु

अखिलेश कुमार यादव २०८० फागुन १४, सोमबार (२ महिना अघि) ३९८ पाठक संख्या

बारा : बाराको निजगढ नगरपालिका -७ सहिद चौक स्थित रहेको रोहित वर्कसपमा सोमबार शंकास्पद वस्तु विष्फोट हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएको छ । शंकास्पद वस्तु विष्फोटबाट घाइतेहरुको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेमध्ये दुईजना गम्भीर रहेका, एकको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको बताइएको छ।

 

घाईते मध्ये १ जनाको कलैया प्रादेशिक अस्पताल र अन्य घाईतेहरुको बिरगंजको बिभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । शंकास्पद वस्तु विष्फोट हुदाँ निजगढ नगरपालिका-५ का रेशम मगरको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । गम्भीर घाइते हुनेमा निजगढ नगरपालिका ७ का कारखाना, भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । यता प्रहरीले घटना बारे थप्प अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस